२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

कांग्रेस महाधिवेशनः फेरि सर्यो मतदानको समय

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानको समय एक घण्टा सारिएको जनाएको छ। मतदानको तयारी पूरा नभएकाले दिउँसो २ बजेदेखि मतदान सुरु गरिने भएकाे हाे ।

आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिएको थियो । यद्यपि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि मतदानको समय सारेको थियो । अहिले पुन: २ बजेबाट मतदान हुनेगरी निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेको  निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

प्रकाशित मिति : October 8, 2026 at 1:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/