कांग्रेसको नयाँ नेतृत्व चयन भोलि, यी ठाउँमा हुनेछ मतदान
२१ असोज, काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले भोलि बिहान १० देखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ ।

समितिले बुधबार राति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । नेपाली कांग्रेसको मतपत्र एफो पेपरमा प्रन्ट हुने अवस्थामा २८ पृष्ठको हुने भएको छ ६ स्थानमा मतदान हुने गरी तोकिएको छ ।
कर्णाली र सुदुरपश्चिमको एक केन्द्रमा हुनेछ भने बाँकी प्रदेशको फरक फरक केन्द्रमा मतदान हुनेछ । बागमती प्रदेशको मतदान भने राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । बाँकी सबै प्रदेशको खुलामञ्चमा मतदान हुनेछ । मतदानस्थलमा मोबाइल लैजान निर्वाचन समितिले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : October 7, 2026 at 10:57 pm






