२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

२१ असोज, काठमाडौं ।  व्यवसायी शंकरलाल अग्रवालविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अग्रवालको तर्फबाट दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेपछि त्यसविरुद्ध इजलासमा निवेदन दिइएको थियो। इजलासले प्रशासनको दरपिठ गर्ने आदेशलाई नै कानुनसम्मत ठहर गर्दै सदर गरेको छ।

यसअघि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहसपछि अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतको उक्त आदेशविरुद्ध अग्रवाल बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। व्यवसायी दीपक भट्टसँग जोडिएका बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न मुद्दाहरूमा उनीमाथि न्यायिक प्रक्रिया विचाराधीन रहेको छ।

प्रकाशित मिति : October 7, 2026 at 5:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/