कांग्रेसको बन्द सत्र अपराह्न चार बजे
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्द सत्र सुरु हुने जानकारी दिए ।

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् । बन्द सत्रको हलमा पुग्ने ठाउँ पनि पानीले ढाकेकोले समय पर सारिएको हो । बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ ।
प्रकाशित मिति : October 7, 2026 at 1:47 pm






