कांग्रेसको बन्द सत्र वर्षाले प्रभावित
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले प्रभावित भएको छ । काठमाडौंको खुलामञ्चमा आज बन्द सत्र गरी विभिन्न प्रस्ताव पारित गर्ने तयारी छ। वर्षा भएपछि पूर्वनिर्धारित समयअनुसार बन्द सत्र चल्न सकेको छैन।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ। केही बेरमा हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए।

बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गर्ने गरिने छ। साथै अन्य मिडियाहरूलेसमेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने छन् । बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति : October 7, 2026 at 12:27 pm






