२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

सत्ता र शक्तिवालाहरूप्रति योगेश भट्टराईको कटाक्षः मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?

२१ असोज, काठमाडौं । काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सत्ता र शक्तिमा रहेकाहरूले कानुन उल्लङ्घन गर्दा पनि कारबाही नहुने अवस्थाप्रति व्यंग्य गर्दै सरकारमाथि प्रश्न उठाएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सत्ता र शक्तिवालाहरू, आफै कानुनको धज्जी उडाउने, कानुन उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्ने गर्छन् भन्दै त्यसपछि कृष्णलाल अधिकारीहरू जन्मने बताएका हुन् ।

भट्टराईले भनेका छन्, ‘सत्ता र शक्तिवालाहरू,आफू कानुनको धज्जी उडाऊँछन, कानुन उल्लङ्घन गर्छन्, अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्, तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?’

प्रकाशित मिति : October 7, 2026 at 11:41 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/