एमालेले बोलायो स्थायी कमिटी बैठक
२१ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

यो बैठक स्थायी कमिटी गठन भए पछिको पहिलो बैठक हो। गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो ।
प्रकाशित मिति : October 7, 2026 at 9:42 am






