२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

ऊर्जा आयोजनाका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन

२० असोज, काठमाडौं । ऊर्जा क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका नीतिगत, कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रसमेत सहभागी गराएर उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रालयले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण तथा आयोजना कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सुझाव दिन समिति गठन गरेको हो। समितिको संयोजकमा मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल छन्। सदस्यमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ छन्।

समितिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) बाट नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य सदस्य छन्। इन्जिनियर शिरिष पाण्डे पनि सदस्य छन्। मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवर्द्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिग्राम भण्डारीलाई सदस्यसचिव तोकिएको छ। समितिले ऊर्जा क्षेत्रका परियोजनामा देखिने नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गरी आवश्यक सहजीकरणका लागि सुझाव दिनेछ ।

प्रकाशित मिति : October 6, 2026 at 5:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/