दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रकाशित मिति : October 6, 2026 at 4:47 pm






