१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

कांग्रेसले महामन्त्रीको संख्या तीन बनाउने, कुन-कुन पद थपिँदैछ ?

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्ने भएको छ । सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या टुंगो लगाएको हो ।

बैठकले कांग्रेसमा १ सभापति, १ वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्षसहित २४ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । यस्तै एक जना प्रवक्ता रहनेछन् । हाल कांग्रेसको विधानमा २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था छ ।

बैठकले उपसभापति र महामन्त्रीको संख्या बढाएर ३–३ जना बनाउने निर्णय गरेको हो । यस्तै यसअघि ८ जना सहमहामन्त्री रहने व्यवस्था रहेकामा ४ जना मनोनीत महिलासहित १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्न लागिएको छ । यसैगरी कांग्रेसको केन्द्रीय समिति २३२ सदस्यीय हुने भएको छ । त्यसमध्ये १७१ जना निर्वाचनबाट निर्वाचित हुनेछन् भने ६१ जना मनोनीत हुनेछन् ।

प्रकाशित मिति : October 5, 2026 at 12:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/