१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त

१९ असोज, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको २०८३ असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गरेको हो।

कम्पनीका अनुसार मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि अध्यक्षमा नियुक्त गरिएको छ। कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभासम्मका लागि तीन जना सञ्चालकको मनोनयन स्वीकृत गरिएको छ। मनोनयन हुनेमा नेपाल बैंक लिमिटेडको तर्फबाट होम बहादुर खड्का, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को तर्फबाट नितेश तोदी र कालिका फिनकर्प प्रा.लि.को तर्फबाट पल्लव श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति : October 5, 2026 at 10:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/