१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, उपाध्यक्षमा काे–काे भए निर्वाचित ?

१८ असोज, काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि आइतबार मतदान भएकामा अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान थियो।

यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन् । उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए।

जनमतको महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्। उनी ६१८ मतसहित महासचिव पदमा निर्वाचित भएका हुन् । महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि प्रतिस्पर्धा गरेका थिए । झाले २२० र सिंहले १६५ मत पाए ।

प्रकाशित मिति : October 4, 2026 at 2:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/