गोली प्रहार गरेर बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ
१८ असोज, काठमाडौं । गोली प्रहार गरेर प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय विशाल भनिने युवराज थारु छन् । थारुले गत बुधवार राती तिलोत्तमाकै १० वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरातमा अपहरण गरेका थिए। अपहरण गरिएको बालिकालाई प्रहरीले शुक्रबार साँझ ७ बजेतिर कान्छी बजारस्थित जंगलबाट ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा थारुले प्रतिकार गर्दै भाग्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको थियो । खुट्टामा गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : October 4, 2026 at 12:06 pm






