१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

कांग्रेस महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिने भएका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले नवपुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा र रूपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा तिवारीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी संगठनलाई बलियो बनाउन, तल्लो तह तथा दूरदराजका जनतासम्म कांग्रेसलाई जोड्न र नवपुस्तालाई वैचारिक राजनीतितर्फ आकर्षित गराउन महामन्त्री पदमा उम्मेदवारी दिएको बताए । तिवारी नवलपुर–२ बाट महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । तिवारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : October 4, 2026 at 11:48 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/