१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

बेनेलीको दशैं अफरः ४० हजारसम्मको एक्सचेन्ज बोनस, सहज फाइनान्सिङ सुविधा

१८ असोज, काठमाडौं । बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधनलाई एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकको खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । दसैं अफर अन्तर्गत ग्राहकले बेनेली पानारेया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : October 4, 2026 at 11:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/