१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

सांसद पोखरेलको प्रश्नः बालेन्द्र शाह नेतृत्वको यो कस्तो सरकार हो ?

१५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले यो सरकार कस्तो हो ? भन्दै प्रश्न गरे।

उनले भने, ‘संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो। खासमा बालेन्द्र शाह नेतृत्वको यो कस्तो सरकार हो ?’

सांसद पोखरेलले सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको र स्वेच्छाचारी ढङ्गले अघि बढेको बताए ।

प्रकाशित मिति : October 1, 2026 at 12:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/