१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

श्रम संस्कृति पार्टीका सांसदले संसदमा भनेः ‘कुरा त्यही हो हजुर, धन्यवाद’

१५ असोज, काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले छोटो सम्बोधन गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले समय मागे । सभामुख डोलप्रसाद अर्यालले समय दिए ।

त्यसपछि उनले भने, ‘सम्माननीय सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद ।’ सांसद राईले यसो भन्दा सभामुख र सांसदहरू हासेका थिए। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन साहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै आएको छ।

प्रकाशित मिति : October 1, 2026 at 11:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/