प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से
१५ असोज, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.३४ अंकले घटेर २५९७.५५ विन्दुमा झरेको छ। बिहीबार प्रि ओपन सेसनमा ५२ कम्पनीकाे १७१ पटकको कारोबारमा ५ करोड १६ लाख ३४ हजार ५९ रुपैयाँ ९० पैसाबराबरको ५५ हजार ५७३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 1, 2026 at 10:58 am






