१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

एमाले पूर्व सांसद घनेन्द्र बस्नेतको निधन

१४ असोज, काठमाडौँ । नेकपा (एमाले)का पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ । अर्बुद रोगसँग जुधिरहेका बस्नेतको बुधबार राति उपचारको क्रममा अस्पतालमै निधन भएको परिवारका सदस्य समेत रहेका भान्जा सन्जिव रोक्हाले बताएका छन ।

बस्नेतको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने कार्यक्रम रहेको छ । उनी एमालेका लागि  वि।सं। २०४८ मा संखुवासभा क्षेत्र नं। २ र वि।सं। २०५६ मा भोजपुर क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भोजपुर जिल्लाको कुलुङ काम्लेटार निवासी बस्नेतले झापा आन्दोलनका क्रममा राजबन्दीका रूपमा १७ वर्षसम्म गोलघरसहित कारागारमा कठोर जीवन बिताएका थिए ।

प्रकाशित मिति : September 30, 2026 at 11:09 pm