विपक्षीले संसद्मा फेरि उठाउन थाले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विषय
१४ असोज, काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विषय फेरि उठाउन थालेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्रीले जेठ १७ गते दिएको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै हटाउन ढिलाइ गरेकोप्रति आपत्ति जनाइन्। उनले भने, ‘हाम्रो देशले भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति राष्ट्रघाती छ। यस्तो अभिव्यक्तिलाई यस सम्मानित सदनको रेकर्डबाट हटाउन हामीले पटक–पटक माग गर्दै आएका छौँ, तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन।’
उनले अगाडि भनिन्, ‘हाम्रो यो माग आजसम्म पनि सम्बोधन नभएको हुनाले, यो प्रश्नको, यो मागको सम्बोधन कहिलेसम्म हुन्छ ? हामीले जवाफ कहिलेसम्म पाउँछौं । सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रकाशित मिति : September 30, 2026 at 2:32 pm




