१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

ओलीको प्रतिबन्धका बाबजुद पद्माको गृह जिल्लामा सुरेन्द्रले प्रशिक्षण दिने

१३ असोज, काठमाडौँ ।  नेकपा (एमाले) आँधीखोला गाउँपालिका कमिटीले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिका कमिटीको आयोजनामा २०८३ असोज १७ गते शनिबार बिहान ११ बजे आँधीखोला गाउँपालिकाको कृषि स्कुलमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।

पोस्टरमा उल्लेख भएअनुसार कार्यक्रममा एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । स्थानीय आयोजका अनुसार पाण्डेलाई भव्य स्वागतको तयारी गरिएको छ ।

आयोजकले कार्यक्रमलाई पार्टीका कार्यकर्ता तथा स्थानीय तहका नेता–कार्यकर्ताका लागि प्रशिक्षण र वैचारिक अभिमुखीकरणका रूपमा अघि बढाउन लागेको जनाएको छ। कार्यक्रमका लागि जारी गरिएको निमन्त्रणामा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तथा ‘जनताको बहुदलीय जनवाद–जिन्दावाद’ लगायतका पार्टीका नारासमेत उल्लेख गरिएको छ।

ओलीको प्रतिबन्धकाबीच पाण्डेलाई पद्मा अर्यालको गृहजिल्लामा रातो कार्पेट

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका पूर्व उपाध्यक्ष पाण्डेलाई पार्टीको गतिबिधिमा करिब प्रतिबन्ध नै लगाएका छन । गत निर्वाचनमा टिकट समेत नदिएका ओलीले केही दिनअघि स्थायी कमिटी बनाउँदा समेत पाण्डेलाई छुटाएका थिए ।

उनले सुरेन्द्रलाई सबै खालका पार्टी गतिबिधिबाट रोक्न चाहिरहेको समयमा केन्द्रीय सचिव पद्मा अर्यालको गृह जिल्लामा भने रातो कार्पेट बिछ्याएर पाण्डेसँगै प्रशिक्षण लिने कार्यक्रम बनेको छ । पछिल्लो समय अर्याल पनि पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको समूहसँगै ओलीको विकल्पछ खोजेर पार्टी रूपान्तरणको अभियानमा सक्रिए भएकी थिइन ।

यस प्रशिक्षणबाट स्याङ्जाले ओलीले रूपान्तरण अस्वीकार गरे पनि प्रशिक्षण मार्फत पार्टीका तल्ला कमिटीबाट नै रूपान्तन्तरण र नेतृत्वमा ओलीको विकल्प खोज्ने विषय बलियो बनाउन खोजेको सन्देश दिन खोजिएको छ ।

सुरेन्द्र पाण्डे ओली र एमाले सँगै जान नसक्ने निष्कर्षमा पुगेका नेता हुन । उनले सार्वजनिक रूपमै पनि ओलीको कार्यशैलीको आलोचना गर्दै आएका छन भने थोरै भए पनि नैतिकता बाँकी भए लाज मानेर पार्टीको नेतृत्वबाट विदा लिन ओलीलाई सार्वजनिक रूपमै सुझाव दिइरहेका छन ।

प्रकाशित मिति : September 29, 2026 at 7:26 pm