भोटेकोशी बाढीको क्षतिपूर्ति दाबी गर्न शिखर इन्स्योरेन्सको सूचना
९ असोज, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिपूर्तिसम्बन्धी बीमा दाबीका लागि सूचना जारी गरेको छ। कम्पनीले भदौ १० गते आएको प्राकृतिक विपद्का कारण बीमितहरूमा परेको क्षतिप्रति दुःख व्यक्त गर्दै दाबीसम्बन्धी आवश्यक जानकारी, सहजीकरण तथा प्रभावकारी समन्वयका लागि सम्बन्धित बीमित तथा सरोकारवालालाई कम्पनीका विभिन्न सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरेको हो।
कम्पनीका अनुसार बागमती प्रदेश प्रमुख सन्तोष पाण्डेसँग ९८०११७४३४२, बागमती प्रदेश उपप्रमुख सिताराम अर्यालसँग ९८०११८४८५३, नुवाकोट शाखाका सुरेन्द्र रायसँग ९८०११९२४११ तथा सोही शाखाका मधुसुदन घिमिरेसँग ९८०११९२४१० नम्बरमा सम्पर्क गर्न सकिनेछ। त्यसैगरी नौबिसे शाखाका विवेक भण्डारीसँग ९८०११९२४०२, केन्द्रीय दाबी विभागका श्रीजन चापागाईंसँग ९८०२३३०८२०, अमिर विडसँग ९८०२३३६४६५, निर्मल थापासँग ९८०१२३५१०३ तथा निरज शाक्यसँग ९८०१२३७७९७ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

रसुवा बाढीबाहेक अन्य दाबीका हकमा भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमालेख खरिद गरी बीमालेखबमोजिम २०८३ साल जेठ १६ गतेदेखि २०८३ साल साउन ३१ गतेसम्म परेका दाबी निवेदन तथा दाबीका सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएका तथा बीमित वा बीमितको प्रतिनिधिसँग सम्पर्क हुन नसकेका दाबीका सम्बन्धमा पनि कम्पनीले ध्यानाकर्षण गराएको छ।
कम्पनीले पहिलो पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीका प्रादेशिक कार्यालय तथा शाखाहरूमा वा कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्वेयरहरूसँग सम्पर्क गरी आवश्यक कागजात बुझाउन तथा आफूले गरेको दाबी लिन आग्रह गरेको छ।
प्रकाशित मिति : September 25, 2026 at 1:29 pm




