प्रधानमन्त्री बालेनले देशको भावना बोले, खुसीले समर्थन गरेँः गोकुल बास्कोटा
९ असोज, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले बालेनको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका छन्।

उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नभए पनि बालेनले देशको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको उल्लेख गरेका छन्। बास्कोटाले लेखेका छन्, ‘बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरे।’
प्रकाशित मिति : September 25, 2026 at 10:53 am




