नेप्सेसँगै घट्यो कारोबार रकम
७ असोज, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ। अयस दिन ३५२ कम्पनीकाे ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको २ करोड १६ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ८.५४ प्रतिशत घटेको छ। यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : September 23, 2026 at 3:15 pm




