७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

रमेश प्रसाईंको कम्युनिस्ट भाष्य भन्ने शब्दमा पार्वती विकको नियमापत्ति

७ असोज, काठमाडौं । प्रतिनिधिसभामा ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति नियमापति भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले बोलेको ‘कम्युनिस्ट भाष्य’ प्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति गरेकी छन् ।

dainiki.com

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा धारणा व्यक्त गर्दा प्रसाईंले प्रधानमन्त्रीको युएनको भ्रमण र भाषण कम्युनिस्ट भाष्य जस्तो नबनोस् भनेका थिए । सांसद प्रसाईंले प्रयोग गरेको ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति सांसद विकले नियमापति गरिन् । ‘कम्युनिस्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो बिचार राख्न पाउनुपर्छ । हाम्रो संविधानले राजनीतिक दल खोल्न पाउने, बिचार अनुसार काम गर्न पाउनुपर्छ’ उनले भनिन्, ‘कम्युनिस्ट भाष्य भन्ने शब्द यति अपमानित रुपमा प्रयोग गरेकोमा यो संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।’

प्रकाशित मिति : September 23, 2026 at 12:32 pm