चिनो हाईड्रो पावरले आईपीओ निष्कासन गर्ने
७ असोज, काठमाडौं । चिनो हाईड्रो पावर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते काठमाडाैंको बुद्धनगरमा रहेको कम्पनीको कार्यालयमा अपरान्ह ४ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा सञ्चालक समितिको प्रतिवेदन, गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रकाशित मिति : September 23, 2026 at 9:56 am




