छुट्ला है ! तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
७ असोज, काठमाडौं । दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक, स्नो रिभर्स र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला र स्नो रिभर्सले र प्रतिफल वितरण प्रयोजनार्थ सिटिजन्स म्युचुअल फण्डले भोली अर्थात असोज ८ गते बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, स्नो रिभर्सले असोज २१ गते लिसरा रिसेप्सन्स प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौँमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ८ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले गत वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
प्रकाशित मिति : September 23, 2026 at 9:48 am




