अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
६ असोज, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई दिइएको छ ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन । बालेनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन ।
उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन । बालेनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । बालेन असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।
प्रकाशित मिति : September 22, 2026 at 1:59 pm




