५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

ओलीलाई ईश्वर पोखरेलको पत्रः सम्मानजनक मार्गप्रशस्त गर्नुहोस्

५ असोज, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको सन्दर्भमा अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा उनले कार्यकर्ताको भावना बुझेर सम्मानजनक रूपमा मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

dainiki.com

श्रीमती मिरा ध्वोजुको स्वास्थ्य उपचारका सिलसिलामा पोखरेल हाल भारतको नयाँ दिल्लीमा छन् । उनले बैठकमा यही कारण उपस्थित हुन नसकेको कारण दर्शाउँदै पार्टीमा राख्नुपर्ने आफ्ना धारणा पत्रमार्फत प्रेसित गरेका हुन् । पोखरेलले भनेका छन्, ‘…आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।’

प्रकाशित मिति : September 21, 2026 at 2:59 pm