बिजुलीमा लगाइएको भ्याट हट्ने, अर्थ र ऊर्जा मन्त्रीबीच सहमति
५ असाेज, काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच यसबारे सैद्धान्तिक सहमति जुटेको हो ।

घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट तोकिएको थियो । तर, यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले कार्यान्वयनमा आएको दुई महिनामै हटाउने तयारी भएको हो । अब यस प्रस्तावलाई मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयनमा ल्याइने छ ।
प्रकाशित मिति : September 21, 2026 at 1:40 pm




