एन्फाका कोषाध्यक्ष र लेखापाल विरूद्ध खेलमा मिलेमतो गरेको आरोप
५ असोज, काठमाडौं । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका, वडा ३ पुल्चोक, घर भई अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष पदमा कार्यरत ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेल घर भएका एन्फाका लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डे रहेका छन् ।

पक्राउ परेका दुवैलाई म्याद थपका लागि सिआइबीले आइतबार जिल्ला अदालत उपस्थित गराएको थियो। अदालतले ४ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको सिआइबीले जनाएको छ।
प्रकाशित मिति : September 21, 2026 at 10:48 am




