राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
४ असोज, काठमाडौं । राजनीति विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 20, 2026 at 12:07 pm




