४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

दसैं, तिहार र छठपछि सरकारविरूद्ध जनता ठूलो विद्रोहमा ओर्लन्छन्ः वर्षमान पुन

२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले अहिलेको सरकार विरूद्ध जनताहरू सडकमा आउने बताएका छन्। नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बाेल्दै पुनले सरकारको स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवारीविरूद्ध दसैँ, तिहार र छठपछि जनताले ठूलो विद्रोह गर्ने बताए ।

विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गरिराख्न पार्टी पंक्तिलाई आग्रह गरे । ३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरुले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए । महंगीले चरम सीमा पार गर्दा सरकारको उपस्थिति नदेखिएको पुनले उल्लेख गरे ।

dainiki.com

‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे? जनताको चुल्होमा ग्यास छैन, के गरे ? किसानलाई मल छैन, के गरे? महँगीले आकास छोएको छ, के गरे?’, पुनले भने, ‘यो स्वेच्छाचारी, निरंशुक र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ, दशैं, तिहार र छठपछि जनता स्वतः स्फुर्त रुपमा विद्रोहका लागि सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ।’

सरकारको गलत रबैका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता समेत कमजोर भएकाले यसको रक्षाका लागि जनताले विद्रो गर्ने समय आएको उनको दाबी छ।

प्रकाशित मिति : September 20, 2026 at 9:39 am