४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

दुई कम्पनीको सेयरमूल्य समायोजन

४ असोज, काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको मूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले घोषणा गरेको बुकक्लोज मिति अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यी दुबै कम्पनीहरुले असोज ५ गते बुकक्लोज गर्दैछ।

नेप्सेले ग्लोबल आइएमई बैंकको ४ प्रतिशत र नेपाल ल्यूब आयलको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजपश्चात ग्लोबल आइएमई बैंकको सेयरमूल्य २५० रुपैयाँ ८७ पैसा कायम भएको छ भने नेपाल ल्यूबको २४१ रुपैयाँ २२ पैसा कायम भएको छ।

नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। गत शुक्रबार दोस्रो बजारमा ग्लोबल आइएमईको सेयर प्रतिकित्ता २६० रुपैयाँ ९० पैसा र नेपाल ल्यूबको २७७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो। यही मूल्यलाई आधार मानेर साेमबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : September 20, 2026 at 9:14 am