४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एकै व्यक्तिको घरमा भेटियो १४ सय किलो गाँजा

४ असोज, काठमाडौँ । सप्तरीमा एकै व्यक्तिको घरमा १४ सय किलो गाँजा भेटिएको छ । सशस्त्र प्रहरी बल नेपालले गयराति सप्तरीको डाक्नेश्वरी नगरपालिका- ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर १४ सय किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपपी शैलेन्द्र थापाले ५६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा बरामत गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको जानकारी दिए ।

घर छापा मार्दा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोली पुगेको थियो । सीमावर्ती क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागेको सूचना पाएपछि प्रहरीले कारबाही गरेको थियो ।

प्रकाशित मिति : September 20, 2026 at 7:24 am