३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

विद्यार्थीहरूको कथा सुन्दै सकियो कान्जिरोवा ‘कफी हाउस’

३ असोज, काठमाडाैँ । काठमाडौँको कोटेश्वरमा रहेको कान्जिरोवा स्कुलमा अध्ययनरत कक्षा ५ को विद्यार्थीहरूले आफ्ना कथा सुनाएका छन् । कक्षा ५ का विद्यार्थीहरूले अभिभावकहरूलाई स्वागत गर्दै आफ्नो सिकाइ र प्रतिभाको प्रेरणादायी प्रस्तुतिसहितको एक अविस्मरणीय ‘कफी हाउस’ कार्यक्रम आयोजना गरे।

“कफी हाउस” नामक कार्यक्रम गर्दै, आफ्ना अभिभावक, सहपाठी र विद्यालयका सदस्यहरुको वीचमा आफ्नो प्रस्तुति दिएका थिए । “जहाँ कथाहरू जीवन्त बने, रचनात्मकता, आत्मविश्वास र उत्सवले भरिएको कस्तो अद्भुत कार्यक्रम सम्पन्न भयो ।”

आफ्नै कथाहरू प्रस्तुत गर्ने साना लेखकहरूदेखि लिएर जीवन्त अर्केस्ट्रा, देशभक्तिपूर्ण गीत, नाटकीय कविता वाचन, ब्याङ्ग्या कविता वाचन र सांस्कृतिक नृत्यले बेग्लै किसिमको रौनकता थपेको थियो ।

“बालबालिकाका आवाज, गर्विलो क्षण र आनन्ददायी सम्झनाहरूले भरिपूर्ण थियो। यो साँच्चै नै सुन्दर प्रस्तुत र भब्य कार्यक्रम थियो” सो कार्यक्रममा उपस्थिति एक अभिभावक किरण देउजाले भने ।

कार्यक्रममा कान्जिरोवाका प्रधानाध्यापक रन्जित थापाले भने “हामी विद्यालयमा पुस्तकको ज्ञान मात्र होईन, विभिन्न अतिरिक्त कार्यहरु समेत गर्छौ । विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रष्फुटन गराउने कोसिस समेत गर्छौ, मात्र साथ र सहयोग अभिभावकको हुनुपर्छ ।  कार्यक्रम गर्दा केही कमजोरी हुन सक्छ, हामीलाई सल्लाह सुझाव दिनुहोला ।”

प्रकाशित मिति : September 19, 2026 at 2:19 pm