किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ जेल चलान
२ असोज, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले तामाङविरुद्धका दुई वटा बैंकिङ कसुरका मुद्दाहरूमा क्रमशः १६ लाख र ६ लाख धरौटी माग गर्ने आदेश दिएको थियो। भदौ २९ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्कने क्रममा प्रहरीले उनलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो। उनीविरुद्ध १० वटा बैकिङ कसुरको मुद्दा रहेको खुलेको थियो ।
प्रकाशित मिति : September 18, 2026 at 6:11 pm




