२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

एकै महिनामा बैंक तथा वित्तीय संस्थाका ३ कार्यालय बन्द

२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्था ३ शाखा कार्यालय बन्द भएका छन् । २०८३ असार मसान्तमा बैंकतथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्था समेत) को शाखा सङ्ख्या ११ हजार ३३२ रहेकोमा २०८३ साउन मसान्तमा ११ हजार ३२९ मात्रै रहेका हुन् ।

२०८३ साउन मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधारविकास बैंक गरी जम्मा १०५ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : September 18, 2026 at 5:52 pm