कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
२ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४५ कम्पनीकाे ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। शुक्रबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
यस दिन स्नो रिभर्स लिमिटेडको सेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ। यस दिन कुमारी बैंकको सर्वाधिक काराेबार भएकाे छ। बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।
यो समूह सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा १.५२ प्रतिशत बढ्यो । विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार ०.८५ प्रतिशत बढे । अन्य ०.११ र फाइनान्स ०.०२ प्रतिशत घटे ।आज बैंकिङ समूहमा आकर्षण देखिएको छ ।
प्रकाशित मिति : September 18, 2026 at 3:25 pm




