कालिञ्चोक हाइड्रोको ४२ हजार कित्ता सेयरको लक इन अवधि कात्तिकमा सकिँदै
२ असाेज, काठमाडाैं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण सेयरको लक इन अवधि आगामी कात्तिक ६ गतेदेखि समाप्त हुने भएको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीका अनुसार सार्वजनिक निष्कासनमार्फत निष्कासन गरिएको साधारण शेयरमध्ये सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणलाई छुट्याइएको सेयरको ५ प्रतिशतले हुन आउने रु. ४२ लाख २५ हजार बराबरको ४२ हजार २५० कित्ता सेयर लक इनमा राखिएको थियो । उक्त सेयरको लक इन अवधि २०८३ कात्तिक ६ गतेमा समाप्त हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : September 18, 2026 at 1:39 pm




