१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

राष्ट्रिय मुक्ति पार्टीमा फुट, महासचिव झासहित ९ केन्द्रीय नेताले छाडे पार्टी

२ असोज, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन् । झा, चन्द्रानन्द मिश्र, पंकजकुमार देब, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले पार्टी परित्याग गरेका हुन्।

dainiki.com

राजीनामा पत्रमा भनिएको छ, ‘हामी तपशीलमा उल्लेख भएका पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आजैको मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दछौँ।’ ‘विचार सहितको विकल्प र विकल्प सहितको विद्रोहको निम्ति अबको यात्रा “हुंकार मधेस अभियान” सँग हुने जानकारीसहित पार्टीबाट अलग हुने निर्णय लिएका छौं,’ महासचिव झाले भने ।

प्रकाशित मिति : September 18, 2026 at 1:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/