१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१ असाेज, काठमाडाैं। सर्वोत्तम पेन्ट्स लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीले असोज २५ गते दिउँसो १ बजे कैलालीको गोदावरी–२, अत्तरियास्थित होटल जंगल स्पा प्रा.लि.मा आफ्नो पाँचौं वार्षिक साधारण सभा बाेलाएकाे हाे  ।

dainiki.com

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार कम्पनीले कुल १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुकक्लोज  गर्ने भएको छ । यसकाे अर्थ असोज १२ गतेसम्म नेप्सेमा काराेबार भए कायम सेयरधनीहरूले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : September 17, 2026 at 4:20 pm