१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

कारोबारसँगै बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण

१ असाेज, काठमाडाैं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३३९ कम्पनीकाे ५१ हजार ७२८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख १० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बिहिबार १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेको छ। यस दिन सिद्धार्थ बैंकको सर्वाधिक काराेबार भएकाे छ। सो बैंकको यस दिन ३३ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।  १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ।

प्रकाशित मिति : September 17, 2026 at 3:18 pm