१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

३४ लाख ९५ हजार नगदसहित अनामनगरको किम्ची रेष्टुरेन्टबाट दुई जना पक्राउ

१ असाेज, काठमाडाैं । काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।

dainiki.com

प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : September 17, 2026 at 3:06 pm