विकास हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
१ असाेज, काठमाडाैं। विकास हाइड्रोपावर कम्पनीले लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले चुक्तापूँजी ९० करोड ९१ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको छ ।उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रकाशित मिति : September 17, 2026 at 11:30 am



