१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

नेप्सेमा एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

१ असोज, काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६९२.८६ रुपैयाँ कायम भएको छ ।

 समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ७२७.५० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : September 17, 2026 at 9:33 am