नेप्सेमा १ करोड ९० लाख कित्ता सेयर सूचीकृत
३१ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पोखरा फाइनान्स लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर सूचीकृत भएको हाे ।
मर्जर प्रक्रियाका कारण रोक्का रहेको सेयरलाई नेप्सेले आवश्यक प्रक्रिया पूरा गरी सूचीकरण गर्नुका साथै कारोबारसमेत फुकुवा गरेको हो । साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर स्वाप अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
मर्जरपछि पोखरा फाइनान्स लिमिटेड (पीएफएल) को नाममा कायम भएको उक्त साधारण सेयरको अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको जनाइएको छ ।
प्रकाशित मिति : September 16, 2026 at 9:39 am


