३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

गृहमन्त्रीले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै ऐन महरले गरे नियमापत्ति

३० भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाएका छन् । मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद युवराज दुलाल बोलिरहेको बेलामा गृहमन्त्री गुरुङले सदनको गरिमामा आँच आउने गरी सभामुख र बोलिरहेका सांसदको बिचबाट हिँडेको महरले आरोप लगाए।

महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को उपनियम ६ को स्मरण गराउँदै भने, ‘नियमावलीमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको अगाडिबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ। तर, यसको पटक–पटक उल्लङ्घन भइरहेको छ।’

dainiki.com

विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको उनले बताए । उनले भने, ‘कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्री स्वयं बोलिरहेको सदस्यको अगाडिबाट हिँड्ने गर्नुभएको छ, यो सदनको गरिमा र मर्यादा विपरीत छ।’ महरलेथप प्रश्न गर्दै भने, ‘के यो सदनको गरिमा र मर्यादा जोगाउने जिम्मेवारी प्रतिपक्षको मात्र हो ? सत्तापक्ष वा सरकारका जिम्मेवार व्यक्तिहरूले सदनको नियम पालना गर्नु पर्दैन ?’

प्रकाशित मिति : September 15, 2026 at 4:32 pm