३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, अरू पदमा कति ?

३० भदौ, काठमाडौं । ने३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ।

सभापतिमा उम्मेदवारी दर्ता गर्नको लागि १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।

dainiki.com

कांग्रेसले प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ।

कुन तहको उम्मेदवारलाई कति शुल्क ?

प्रकाशित मिति : September 15, 2026 at 3:59 pm