३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त

३० भदौ,  काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

dainiki.com

बैंकका अनुसार सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार ढुंगानालाई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । बैंकिङ क्षेत्रमा करिब १७ वर्षभन्दा लामो कार्यअनुभव संगालेका ढुंगानाले यसअघि कामना सेवा विकास बैंक लिमिटेडमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्। ग्रीन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त पाँच जिल्लामा कार्यक्षेत्र भएको विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ ।

प्रकाशित मिति : September 15, 2026 at 12:06 pm